Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:३०

रासन घोटलामा मुछिएका एसपी बिस्ट हल्चोक तानिएपछि नयाँ एसपीको दार्चुला काज सरुवा

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ०४, २०७९
रासन घोटलामा मुछिएका एसपी बिस्ट हल्चोक तानिएपछि नयाँ एसपीको दार्चुला काज सरुवा

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्टको काज सरुवा गरिएको छ । सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेमा कार्यरत एसपी विष्टलाई दार्चुला काज सरुवा गरिएको हो ।

यसअघि एसपी त्रिभुवन विष्ट नम्बर ४४ गणमै कार्यरत एक जना हवल्दारलाई हातहतियार र गोलीगठ्ठाको सूची अनाधिकृत व्यक्तिलाई उपलब्ध गराएको मुद्धा लगाएका कारण हलचोकस्थित हेडक्वाटर तानिएका थिए ।

असोज ३१ गतेको निर्णयअनुसार आवश्यकताको आधारमा विष्टको दार्चुला काज सरुवा गरिएको एपीएफले जनाएको छ । यसैबीच काज सरुवा भएर आएका विष्टले बिहीवार निर्वाचन सुरक्षा बेसअन्तर्गत चमेलिया बेस अनुगमन निरीक्षण गरेका छन् । केन्द्रीय निर्वाचन सुरक्षा नीति अनुसार निर्वाचनमा खटिएर भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहन उनले सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।  बलाचका डीएसपी विकास थापाले बेसमा रहेका समस्या र बेसले निर्वाचन सुरक्षाका लागि गरिरहेको तयारीका बारेमा एसपी विष्टलाई जानकारी गराएका थिए ।

विष्ट गणमा आजै हाजिर भएका छन् । विष्टले वि. सं. २०७६ सालमा ५० नम्बर गुल्म खलंगाको गुल्मपति बसी कमाण्ड सम्हालेका थिए । यस्तै उनकै कार्यकालमा छाङ्गरु, दुम्लिङ, जोलजिवि र लालीमा बिओपी स्थापना भएका थिए । 

प्रतिक्रिया