Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०९:४०

प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक शाही सम्मानित

सम्बाददाता सम्बाददाता
सोमबार, असोज ३१, २०७९
प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक शाही सम्मानित

नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवस दार्चुलासहित देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ । 

देशैभरका प्रहरी इकाईहरुले सोमबार (आज) विविध कार्यक्रम गरी प्रहरी दिवस मनाएका हुन् । दार्चुलामा जिल्ला प्रहरी कार्यालयका प्रमुख तर्कराज पाण्डेयले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको शुभकामना सन्देश पढेर सुनाएका थिए । 

६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले विभिन्न व्यक्ति, प्रहरी कर्मचारी र सहिद परिवारलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीसहित ३ जना प्रहरी कर्मचारी सम्मानित भएको प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक राजेश शाही, सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरका प्रहरी सहायक निरीक्षक दान बहादुर साउँद र प्रहरी जवान रोहित कुमार रोकाया रहेका छन् । 

६७ औँ प्रहरी दिवसको अवसरमा आयोजित एक समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रमाणपत्रसहित उनीहरुलाई सम्मानित गरेका हुन् ।

यस्तै कर्तव्य पालनका सिलसिलामा अमरत्व प्राप्त गर्ने १४ सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरि परिवारलाई कदर पत्र दिएर सम्मान गरिएको प्रहरी प्रमुख पाण्डेयले बताए ।  

दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले ९० वर्षीय भुतपूर्व प्रहरी जवान दिलानन्द बडूलाई समेत सम्मानित गरेको छ ।

प्रतिक्रिया