Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४१

दार्चुलामा वृहत स्वास्थ्य शिविर : वृद्धाश्रममै पुगेर दिइयो चिकित्सकीय सेवा

सम्बाददाता सम्बाददाता
सोमबार, असोज ३१, २०७९
दार्चुलामा वृहत स्वास्थ्य शिविर : वृद्धाश्रममै पुगेर दिइयो चिकित्सकीय सेवा

दार्चुला : यूथ भोलिन्टियर ग्रूपले 'सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर' अन्तर्गत दार्चुलाका तीन वटा स्थानीय तहमा नि:शुल्क एवम् वृहत् स्वास्थ्य शिविर संचालन गरिरहेको छ । 

असोज ३० गतेदेखि कार्तिक ४ गते सम्म संचालन हुने 'सुदूर स्वास्थ्य निदान पालिका स्तरिय बृहत स्वास्थ्य शिविर' दार्चुलाको शैल्यशिखर नगरपालिका अन्तर्गत गोकुलेश्वरमा हिजोदेखि शिविर सुरु भएको हो । 

युथ भोलिन्टर ग्रुपको संयोजन, बिर अस्पत्तालको प्राविधिक सहयोग तथा स्थानीय पालिकाहरुको आयोजनामा यतिबेला शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा आइतबार र सोमबार गरि दुई दिने शिविर संचालन सञ्चालन भइरहेको छ ।

नि:शुल्क एवम् वृहत स्वास्थ्य शिविरका संयोजक दिवानसिह धामीले भने,‘संबिधानले स्वास्थ्यलाई समान पहुँच र निशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबैठाउँमा पहुँच र नि:शुल्क गर्न नसकिएको अवस्थामा स्थानिय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका निम्ति हामीले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेका हौँ ।

यहाँबाट टाढा गएर बिशेषज्ञ डक्टरहरुसंगको पहुँचमा पुग्न नसकेको समुदाय स्तरमा स्वास्थ्यको परामर्श दिन र स्थानिय स्तरमै बिरामीहरुको रोग पत्ता लगाएर कुनै गम्भिर खालका बिरामी, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका बिरामीहरुलाई आर्थिक भार नपर्ने गरी काठमाडौंका विषेशज्ञ चिकित्सकहरुबाट सेवा प्रदान भइरहेको संयोजक धामीले बताए ।

जिल्लाको शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा (असोज ३० र ३१ गते), मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर, पस्तीमा (कार्तिक १ र २ गते) र महाकाली नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम खलंगामा (कार्तिक ३ र ४ गते) विषेशज्ञ चिकित्सकहरूबाट उपचार तथा परामर्श दिईने छ । 

यसैबिच दार्चुलाको गोकुलेश्वर, जगतपुरीस्थित ओम शान्ती वृद्धाश्रमका तीनजना वृद्धालाई विषेशज्ञ चिकित्सक डा. बिजय गुरुङ सहितको टोलिले वृद्धाश्रममा नै पुगि सेवा दिएका छन् । लामो समयदेखि रोगले थला परि वृद्धाश्रममा बस्दै आएका वृद्धाहरु शिविर सञ्चालन भएको स्थलसम्म समेत पुग्न समस्या भएपछि शिविरको टोलिले वृद्धाश्रममै पुगेर सेवा दिएको संयोजक धामीले जानकारी दिए । 

वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग सम्बन्धि विषेशज्ञ डा। केसब आचार्य, मानसिक रोग सम्बन्धि विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन सम्बन्धि  डा. निरन महर्जन र फिजियोथेरापिस्ट डा. धनेन्द्र नाथले सेवा दिइरहेका जनाईएको छ ।

शिविरको पहिलो दिन (हिजो) १ सय २९ पुरुष र १ सय ३१ महिला गरि जम्मा २ सय ६० जनाले सेवा लिएका छन् । शिविर आज पनि सञ्चालन भइरहेको बताइएको छ ।

स्वास्थ्य शिविरमा उपचार तथा परामर्श नि:शुल्क गरिएको छ ।

प्रतिक्रिया