Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३२

दार्चुलाका नवनिर्वाचित पालिका जनप्रतिनिधिहरुले लिए शपथ

Wide Nepal News
बिहिबार, जेठ ०५, २०७९
दार्चुलाः दार्चुलाका ९ ओटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरुले शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन्। नगरपालिका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन्। दार्चुलाको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन्। चार गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया