Wide Nepal News शुक्रबार १४, बैशाख २०८१ ०५:३२

दार्चुलामा एमालेको चुनावी अभियान सुरु, कांग्रेशबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३ दर्जन कार्यकर्ता प्रवेश

सम्बाददाता सम्बाददाता
शुक्रबार, असोज २८, २०७९
दार्चुलामा एमालेको चुनावी अभियान सुरु, कांग्रेशबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३ दर्जन कार्यकर्ता प्रवेश

आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी एमालेले चुनावी अभियानको थालनी गरेको छ । 

पूर्वमन्त्री एवम् एमाले दार्चुलाबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्नासहितको सहभागितामा असोज २८ गते (आजदेखि) मंसिर १ गतेसम्म जिल्लामा चुनावी अभियान तथा मतदाता भेटघाटलाई निरन्तरता दिने गरि मालिकार्जुन मन्दिरबाट प्रचारप्रसार अभियानको थालनी गरिएको एमाले दार्चुलाका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिए । 

दार्चुलमा एमालेबाट प्रनिनिधी सभा सदस्यमा पूर्वमन्त्री तथा एमाले पोलिट व्युरो सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश सभा १ मा एमाले नेता हरदेव जोशी र प्रदेश सभा २ मा एमालेका पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

दुई चरणमा गरिने चुनावी अभियान तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत एमाले दार्चुलाले पहिलो चरणमा प्रदेश सभा २ क्षेत्रका शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा सम्पन्न गर्ने तथा दोस्रो चरणमा प्रदेश सभा २ क्षेत्रका व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा गरिने एमाले दार्चुलाले जनाएको छ । प्रदेश सभा १ का एमाले उम्मेदवार हरदेव जोशी नेतृत्वको टोलिले व्यास गाउँपालिकाबाट मतदाता भेटघाट सुरु गर्ने बताइएको छ ।

चुनावी अभियान सुरु गरिएको आज पहिलो दिन विभिन्न पार्टी परित्याग गरि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका ३ दर्जन बढीले एमाले प्रवेश गरेको उपसचिव बडालले बताए । 

एमाले प्रवेश गर्ने शैल्यशिखर नगरपालिका ५ का निवर्तमान वडाअध्यक्ष मदन सिंह डागा समेत रहेका छन् । उनी विक्रम संवत् २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेशका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । 

निर्वाचनको मिति नजिकीएसंगै जिल्लामा यतिबेला राजनैतिक चहलपहल बढ्न थालेको छ । प्रतिनिधी सभा सदस्यका लागि एकमात्रै निर्वाचन क्षेत्र तथा प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमाले भर्सेस नेपाली कांग्रेश तथा माओवादी केन्द्रको गठबन्धनका बिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

प्रतिक्रिया