Wide Nepal News बिहिबार १३, बैशाख २०८१ ०६:०८

प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका पत्रकार धामीको चुनाव चिन्ह 'बिजुलीको चिम'

दार्चुलाको राजनितिक अन्धकार हटाउने प्रतिबद्धता
सम्बाददाता सम्बाददाता
बिहिबार, असोज २७, २०७९
प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका पत्रकार धामीको चुनाव चिन्ह 'बिजुलीको चिम'

प्रदेश सभा सदस्यमा दार्चुला '१' अर्थात् 'क' निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका पत्रकार शंकरसिंह धामीले चुनाव चिन्ह प्राप्त गरेका छन् । 

निर्वाचन आयोगले धामीलाई चुनाव चिन्हका रुपमा बिजुलीको चिम दिएको हो । धामीले आगामी निर्वाचनमा सोही चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने छन् ।

चुनाव चिन्हका रुपमा बिजुलीको चिम प्राप्त गरेका धामीले खुसी व्यक्त गर्दै दार्चुलाको राजनितिक अन्धकार हटाएर जिल्लाको अध्याँरो राजनितीलाई उज्यालो युगतर्फ लैजान आफू सफल हुने प्रतिक्रिया दिएका छन् । 

प्रतिनिधी सभा सदस्यका लागि एकमात्रै तथा प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा दार्चुला '१' बाट उनीसंगै नेकपा एमालेका उम्मेदवार हरदेव जोशी, नेपाली कांग्रेशका उम्मेदवार विक्रमसिंह धामी पनि प्रतिस्पर्धामा रहेका छन् । 

पछिल्लो समय सामाजिक काममा समेत सक्रिय धामी दार्चुलाका पुराना पत्रकारमध्येका एक हुन् । उनले पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा दुई कार्यकाल बिताएका छन् । धामीले आफ्नो नेतृत्वमा जिल्लामा पत्रकारिता क्षेत्रको विकासका लागि निकै ठूलो योगदान गरेका छन् ।

धामीले दार्चुलामा प्रेस चौतारीको स्थापना गराएका थिए । तर त्यसको नेतृत्व भने उनले गरेनन् । अहिले उनी महाकाली नदी स्वच्छता अभियानको संयोजक भएर काम गरिरहेका छन् ।

जिल्लामा सुशासनका क्षेत्रमा काम गर्दै आएको मिडिया विकास समाज नेपालको नेतृत्वमा पनि धामीले गरिरहेका छन् ।

उनले जिल्लामा दुई वटा रेडियो, एक दैनिक पत्रिका र एक साप्ताहिक पत्रिका सञ्चालन गरिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका धामी स्वर्गीय राष्ट्रवादी नेता प्रेमसिंह धामीका भतिजा हुन् ।

दार्चुला मालिकार्जुनका प्रेमसिंह धामीले कालापानीको मुद्दा राजधानीका सडक हुँदै सदनसम्म पुर्‍याएका थिए ।

उनले प्रेमसिंह धामीको सिद्धान्त अवलम्बन गर्दै दार्चुलाको सामाजिक, आर्थिक, पर्यटन र सांस्कृतिक विषयमा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया