Wide Nepal News शुक्रबार १४, बैशाख २०८१ ०९:५२

राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी भोलि दार्चुला आउने कार्यक्रम स्थगित

सम्बाददाता सम्बाददाता
बुधबार, असोज २६, २०७९
राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी भोलि दार्चुला आउने कार्यक्रम स्थगित

त्रीदेशिय सीमाना जोडिएको दार्चुलाको व्यास गाउँपालिकास्थित छांगरुमा निर्माण गरिएको राष्ट्रिय स्तम्भको उद्घाटन गर्नका लागि राष्ट्रपति विद्यादेवि भण्डारी दार्चुला आउने कार्यक्रम स्थगित गरिएको छ । 

यसअघि गत असोेज १४ गते व्यास गाउँपालिकाले छांगरुमा निमांण गरेको चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भको उद्घाटन गर्नका लागि असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला आउने कार्यक्रम रहेको सूचना सार्वजनिक गरेको थियो । 

राष्ट्रपति कार्यालय शितल निवासका अनुसार भण्डारी कोरोना संक्रमित पूष्टि भएपछि भोलि (असोज २७ गते) छांगरु आउने कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले जानकारी दिएका छन् ।

यसअघि गत असोज १३ गते व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी सहितको टोलिले शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई उक्त स्तम्भको उद्घाटन गर्नका लागि निम्तो दिएका थिए । 

सीमा क्षेत्रमा राज्यको उपस्थिती देखाउनका लागि गाउँपालिकाले १५ लाख लगानीमा केपी शर्मा ओली नेतृत्वको सरकारले भारतद्धारा अतिक्रमण गरिएका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूमि समेटेर जारी गरेको नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण गरिएको अध्यक्ष धामीले बताएका थिए । 

प्रतिक्रिया