Wide Nepal News बुधबार १२, बैशाख २०८१ ०४:२२

छाङ्गरु र तिंकरमा हिमपात, जनजीवन प्रभावित

वर्षाकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा सम्पर्क विच्छेद
सम्बाददाता सम्बाददाता
शनिबार, असोज २२, २०७९
छाङ्गरु र तिंकरमा हिमपात, जनजीवन प्रभावित

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण दार्चुलाको उत्तरी क्षेत्र व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । 

छाङ्गरु र तिंकरका गाउँहरुमा शनिवार बिहानैदेखि हिउँ पर्न सुरु भएको त्यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले जनाएको छ । 

चीन सीमा नजिकको गाउँ तिंकरमा हिउँ जमेको तथा छाङ्गरु गाउँका डाडाकाँडामा हिमपात भएको हो ।  हिमपात भएपछि छाङ्गरु र तिंकरबासिको जनजीवन कष्टकर बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

तिंकर र छाङ्गरुमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ भने वर्षा निरन्तर भइरहेको छ । लगातारको  पानीका कारण यहाँका नागरिकहरुले  दैनिक काम काज ठप्प भएको बताइएका छ । 

दुई दिनदेखि परिरहेको वर्षाले खेतमा तयार भएको धान भित्राउन नपाएको  तथा काटेको खर कुहिन थालेको किसानहरुको दुखेसो छ ।

वर्षाले  काटेको खर कुहिन थालेपछि यहाँका नागरिकहरु चिन्तीत भएका छन् ।  कुनै ठाउँका किसान काटेको खर कुहिन थालेपछि चिन्तीत छन  भने कुनै ठाउँका किसानले  खर काट्न नपाउँदा समसय भएको बताएका छन् । 

यस्तै वर्षाकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा सम्पर्क विच्छेद भएको छ ।

प्रतिक्रिया