Wide Nepal News शुक्रबार १६, चैत २०८० ००:३८

पत्रकार शंकर धामीले गरे दार्चुला 'क' बाट स्वतन्त्र उम्मेदवारी घोषणा, को हुन् उनी ?

दार्चुलामा पत्रकारिताको सुरुवात तथा विकासमा धामीको उल्लेखनीय योगदान
सम्बाददाता सम्बाददाता
शनिबार, असोज २२, २०७९
पत्रकार शंकर धामीले गरे दार्चुला 'क' बाट स्वतन्त्र उम्मेदवारी घोषणा, को हुन् उनी ?

दार्चुला । पत्रकार महासंघ दार्चुलाका सल्लाहकार एवं पूर्व अध्यक्ष शंकर धामीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदेशसभा १ बाट निर्वाचन लड्ने घोषणा गरेका धामीले आइतबार (भोलि) बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गर्ने तथा सोमबार बिहान महाकाली नदीमा स्नान गरेर मालिकार्जुन राष्ट्रिय धाममा रुद्राभिषेक गर्ने कार्यक्रम रहेको बताए ।

धामीले माटोको टीका र जनताको आशीर्वाद रहनेमा आफू विश्वस्त रहेको बताए ।

पछिल्लो समय सामाजिक काममा समेत सक्रिय धामी दार्चुलाका पुराना पत्रकारमध्येका एक हुन् । उनले पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा दुई कार्यकाल बिताएका छन् । धामीले आफ्नो नेतृत्वमा जिल्लामा पत्रकारिता क्षेत्रको विकासका लागि निकै ठूलो योगदान गरेका छन् ।

धामीले दार्चुलामा प्रेस चौतारीको स्थापना गराएका थिए । तर त्यसको नेतृत्व भने उनले गरेनन् । अहिले उनी महाकाली नदी स्वच्छता अभियानको संयोजक भएर काम गरिरहेका छन् ।

जिल्लामा सुशासनका क्षेत्रमा काम गर्दै आएको मिडिया विकास समाज नेपालको नेतृत्वमा पनि धामीले गरिरहेका छन् ।

उनले जिल्लामा दुई वटा रेडियो, एक दैनिक पत्रिका र एक साप्ताहिक पत्रिका सञ्चालन गरिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका धामी स्वर्गीय राष्ट्रवादी नेता प्रेमसिंह धामीका भतिजा हुन् ।

दार्चुला मालिकार्जुनका प्रेमसिंह धामीले कालापानीको मुद्दा राजधानीका सडक हुँदै सदनसम्म पुर्‍याएका थिए ।

उनले प्रेमसिंह धामीको सिद्धान्त अवलम्बन गर्दै दार्चुलाको सामाजिक, आर्थिक, पर्यटन र सांस्कृतिक विषयमा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया