Wide Nepal News बिहिबार ०६, बैशाख २०८१ ०७:५८

दार्चुलामा वडाध्यक्षसहित १९ जुवाडे पक्राउ

जुवाखालबाट ४ लाख ५३ हजार ४ सय ३० रुपैँया नगदसहित जुवाडे पक्राउ
सम्बाददाता सम्बाददाता
मङ्गलबार, असोज १८, २०७९
दार्चुलामा वडाध्यक्षसहित १९ जुवाडे पक्राउ

दार्चुलामा ४ लाख ५३ हजार ४ सय ३० रुपैँया नगदसहित १९ जना जुवाडे पक्राउ परेका छन् । 

सोमबार सदरमुकाम खलंगाका फरक दुई स्थानमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा १९ जना जुवाडे पक्राउ परेका हुन् । 

जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा खटिएको टोलीले  दिउँसो साढे तीन बजेको समयमा तिंकरखेडास्थित जुवाखालबाट ४ लाख २ हजार ३ सय ६० नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै शाही नेतृत्वकै टालिले सदरमुकामकै अर्को स्थानबाट महाकाली नगरपालिका १ का वडाध्यक्ष मोहन महरा सहित ८ जना जुवाडेलाई पक्राउ गरेका छन् । जुवा खेलिरहेको अवस्थामा ५१ हजार ७० रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्लास्थित जनप्रतिनिधि, व्यवसायी तथा कर्मचारी समेत रहेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेका १९ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

चाडपर्वको समयमा जिल्लाका विभिन्न ठाउँमा ठूलो रकमसहित जुवातास खलिने गरिएको छ । 

प्रहरीको सक्रियतामा हिजो साँझ सदरमुकामका फरक दुई स्थानबाट १९ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया