Wide Nepal News शनिबार ०६, बैशाख २०८२ ०५:००

जात्रामा बलि गर्ने क्रममा चमेलिया नदिमा बगेर एक जना बेपत्ता

सम्बाददाता सम्बाददाता
सोमबार, असोज १७, २०७९
जात्रामा बलि गर्ने क्रममा चमेलिया नदिमा बगेर एक जना बेपत्ता

चमेलिया नदिमा बगेर एक पुरुष बेपत्ता भएका छन् । 

दार्चुलाको देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गर्ने क्रममा शैल्यशिखर नगरपालिका १ का अन्दाजी ४० वर्षीय पुरूष  बहादुरसिंह बोहरा चमेलिया नदिमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवम् प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिएका छन् ।

जात्रामा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीतर्फ पसेको थियो। त्यसलगत्तै बोहरा पनि राँगोसंगै चमेलिया नदीतर्फ पसेका प्रत्यक्षदर्शीले बताए । 

नदीमा पसेका बोहरा बेपत्ता रहेका तथा खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया