Wide Nepal News शनिबार ०६, बैशाख २०८२ ०५:०४

राष्ट्रिय युवा संघको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम खलंगा र गोकुलेश्वरमा सम्पन्न

दार्चुलामा एमालेको विजय सुनिश्चित रहेको सन्देशसहित जनतामाझ जान युवाहरुलाई प्रशिक्षण
सम्बाददाता सम्बाददाता
आइतबार, असोज १६, २०७९
राष्ट्रिय युवा संघको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम खलंगा र गोकुलेश्वरमा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम शनिबार दार्चुला सदरमुकाम खलंगा तथा आइतबार गोकुलेश्वरमा सम्पन्न भएको छ । 

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दार्चुलाले अगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रमको आयोजना गरेको युवा संघ दार्चुलाका इन्चार्ज एबं एमाले जिल्ला कमिटी सदस्य कोमल बिष्टले जानकारी दिएका छन् ।

युवा संघ जिल्ला कमिटी दार्चुलाका अध्यक्ष अनिल ठगुन्नाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एबं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्नाको प्रमुख आतिथी रहेका थिए । दार्चुलाको प्रदेशसभा क्षेत्र (क) अन्तरगत खलंगा तथा प्रदेश सभा (ख) अन्तरगत गोकुलेश्वरमा हिजो र आज गरि आयोजित गरिएको प्रशिक्षण कार्यक्रममा एमाले पोलिट ब्युरो सदस्य ठगुन्नाका साथै प्रदेश कमिटी सचिवालय सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य उमेश खत्री, पूर्व जिल्ला अध्यक्ष एवम् प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार रामदत्त जोशी, लगायतका नेताहरुको सहभागि रहेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठगुन्नाले युवाहरुलाई चुनाव केन्द्रित गतिविधि अगाडी बढाउन निर्देशन दिए । नेताहरुले दार्चुलामा एमालेको विजय सुनिश्चित रहेको सन्देशसहित जनतामाझ जान युवाहरुलाई प्रशिक्षण दिएका छन् । 

एमालेलाई विजयी गराउने जिम्मेवारी युवाहरुको काँधमा पनि रहेको नेता ठगुन्नाको भनाई छ ।

प्रतिक्रिया