Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:११

छांगरुमा राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी असोज २७ गते दार्चुला आउने

सम्बाददाता सम्बाददाता
शुक्रबार, असोज १४, २०७९
छांगरुमा राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी असोज २७ गते दार्चुला आउने

राष्ट्रपति विद्यादेवि भण्डारी दार्चुलाको व्यास भ्रमणमा आउने निश्चित भएको छ ।

जिल्लाको त्रिदेशिय सिमामा अवस्थित व्याँस गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी आगामी असोज २७ गते दार्चुला आउने कार्यक्रम तय भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिएका छन् । 

बिहीबार दार्चुलाको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी सहितको टोलिले शितल निवासमा राष्ट्रपति भण्डारीसमक्ष भेटवार्ता गरेका छन् । सोही क्रममा गाउँपालिका अध्यक्ष धामीले राष्ट्रपति भण्डारीलाई दार्चुलाको व्याँस गाउँपालिका भम्रणका लागि निम्तो दिएका हुन् ।

यसअघि गत साउन ९ गते बसेको व्याँस गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई भ्रमणका लागि निम्तो गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले व्याँस गाउँपालिकाको छांगरुमा राष्ट्रिय स्तम्भ उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यसअघि राष्ट्रपति भण्डारीले वि.सं.२०७६ फागुन १५ गते दार्चुलाको मालिकार्जुन भ्रमण गरेका थिए । 

यसअघि गत भदौ २५ वा असोज पहिलो सातासम्म राष्ट्रपति भण्डारी दार्चुला आउने कार्यक्रम तय रहेपनि विविध कारणबश ढिलाई भएको बताइएको छ ।

प्रतिक्रिया