Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:५३

गोकुलेश्वरमा पहिलोपटक १ करोड ३३ लाख लगानीमा खुलेको शैल्यशिखर पोलिक्लिनिक प्रा.लि.को उद्घाटन

सम्बाददाता सम्बाददाता
शुक्रबार, असोज १४, २०७९
गोकुलेश्वरमा पहिलोपटक १ करोड ३३ लाख लगानीमा खुलेको शैल्यशिखर पोलिक्लिनिक प्रा.लि.को उद्घाटन

दार्चुला र बैतडीको संगमस्थल गोकलेश्वरमा पहिलोपटक अत्याधुनिक सुविधासहितको पोलिक्लिनिक सञ्चालनमा आएको छ । 

चिकित्सकीय सेवा सहित १ करोड ३३ लाख लगानीमा शैल्यशिखर पोलिक्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक मनोजसिंह महराले जानकारी दिए ।  

उक्त पोलिक्लिनिकमा अल्ट्रासाउण्ड, एक्सरे, इसिजी, मुटुको जाँच, किड्नीको जाँच गरिनुका साथै थाइराइड लगायत अन्य रोगहरुको आधुनिक प्रविधी एवम् अनुभवी चिकित्सकद्धारा उपचार गरिने सञ्चालक महराले बताए ।

शुक्रबार (आज) शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, उप प्रमुख शान्ती खडायत, जनप्रतिनिधी, व्यवसायी, स्वास्थ्यकर्मी लयायतको उपस्थितीमा पालिक्लिनिकको उद्घाटन गरिएको छ । 

गोकुलेश्वरमा पहलोपटक आधुनिक प्रविधीसहित सञ्चालनमा आएको भन्दै उद्घाटन समारोहमा सहभागिहरुले पोलिक्लिनिकको सफलताको शुभकामना व्यक्त गरेका छन् । 

पोलिक्लिनकमा चिकित्सक १ जना, स्टाफ नर्स १ जना, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मासिस्ट र अ.हे.ब १/१ जना तथा २ जना स्वीपर सहित ८ जना स्वास्थ्यकर्मीले सेवा दिने बताइएको छ । 

 

प्रतिक्रिया