Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:१७

सहिद परिवारलाई डिलासैनी सरकारको मल्हम : मासिक तीन/तीन हजार भत्ताको सुरुवात

सम्बाददाता सम्बाददाता
बिहिबार, असोज १३, २०७९
सहिद परिवारलाई डिलासैनी सरकारको मल्हम : मासिक तीन/तीन हजार भत्ताको सुरुवात

'सहिद परिवार सम्मान' अन्तर्गत डिलासैनी गाउँपालिकाले गाउँपालिका भित्रका सहिद परिवारलाई मासिक ३/३ हजार प्रदान गर्ने कार्यको सुरुवात गरेको छ । 

बिहीबार गाउँपालिकामा आयोजित 'सहिद परिवार सम्मान' समारोहमा गाउँपालिकाभित्रका १६ जना सहिद परिवारका आफन्तहरुलाई गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगिरथ बोहरा लगायतका सहभागि जनप्रतिनिधीले टिका तथा दोसल्ला ओढाएर नगद रकम हस्तान्तरण गरेका हुन् । 

गाउँपालिकाले आर्थिक वर्ष २०७९।८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेअनुसार सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत उनीहरुलाई नगदसहित सम्मानित गरिएको तथा अबदेखि निरन्तर रुपमा सहिद परिवारलाई तीन/तीन हजारका दरले मासिक भत्ता प्रदान गरिने गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । 

वडा नम्बर १ का ६ जना, वडा नम्बर २ र ४ का ४ जना, ३ का १ जना, वडा नम्बर ५ का ३ जना तथा ७ का २ जना गरि १६ जना सहिद परिवारलाई सम्मानित गरिएको अध्यक्ष जोशीले बताए । सहिद परिवारका आफन्तले यसअघि सरकारले सहिद परिवारलाई बेवास्ता गर्दै आइरहेको बताउदैं पहिलोपटक डिलासैनी सरकारले सहिदलाई सम्झेर आफूहरुलाई सम्मानित गरेको भन्दै गाउँपालिका परिवारलाई धन्यवाद दिएका छन् । 

शशस्त्र द्धन्द्धका समयमा प्राण गुमाएका डिलासैनी गाउँपालिका भित्रका सहिदहरुका परिवारलाई गाउँपालिकाले मासिक ३/३ हजारका दरले भत्ता प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया