Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४२

डेंगु संक्रमण रोकथामका लागि शैल्यशिखर नगरपालिकाद्धारा अभियानको थालनी

सम्बाददाता सम्बाददाता
मङ्गलबार, असोज ११, २०७९
डेंगु संक्रमण रोकथामका लागि शैल्यशिखर नगरपालिकाद्धारा अभियानको थालनी

दार्चुलाको गोकुलेश्वर बजार सहित जिल्लाका विभिन्न स्थानमा डेंगु संक्रमण देखिन थालेपछि नियन्त्रण तथा रोकथामका लागि शैल्यशिखर नगरपालिकाले अभियानको सुरुवात गरेको छ । 

जनस्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दार्चुलाको सहजीकरणमा  बिहीबार नगरपालिकाको सभाहलमा अभियान सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवराज जोशीले जानकारी दिए । 

डेंगु कोरोना महामारी पछिको अर्को समस्याका रुपमा देखा परिरहेको औल्याउदैँ पछिल्लो समयमा दार्चुलामा डेंगु संक्रमित देखिएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाले विशेष कदम चाल्न आवस्यक रहेको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीले बताए । 

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवम् वरिस्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले डेंगु रोगको परिचय, यसले मानिसको स्वास्थ्यमा गर्ने असर तथा नियन्त्रणका उपायका बारेमा प्रकाश पारेका थिए । 

गोकुलेश्वर अस्पताल स्रोतका अनुसार बुधबार जाँच गरिएका मध्ये डिलासैनी गाउँपालिका ५ कि ६ वर्षीया बालिकामा डेंगु संक्रमण पुष्टी भएको छ । 

प्रतिक्रिया