Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४७

चाडपर्व नजिकिएसंगै नियमित बजार अनुगमन गर्दै दार्चुला प्रशासन

अखाद्य सामग्री बेच्ने पसलहरुबाट अहिलेसम्म ३४ हजार ५ सय रुपैंया जरिवाना संकलन
सम्बाददाता सम्बाददाता
मङ्गलबार, असोज ११, २०७९
चाडपर्व नजिकिएसंगै नियमित बजार अनुगमन गर्दै दार्चुला प्रशासन

दशैं, तिहार लगायतका चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले दार्चुलामा नियमित अनुगमन गरिरहेको छ  । 

चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले नियमित अनुगमलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए । 

सहायक प्रजिअ साउँदका अनुसार बजारमा हुन सक्ने महँगी, खाद्य वस्तुको गुणस्तर तथा म्याद गुज्रेका वस्तुको व्यापार हुन नदिई उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्रता दिइएको उनले बताए । ‘चाडपर्वको अवसरमा व्यापारीहरूले कमसल तथा म्याद गुज्रिएको खाद्य पदार्थ बेच्न सक्ने सम्भावना रहन्छ । त्यसकारण अहिले भइरहेको अनुगमन टोलीलाई बढाएर अनुगमनलाई तीव्रता दिन्छौँ।’ उनले थपे, 'अहिले  सम्बन्धित पालिकाको समन्वयमा बजार अनुगमन भइरहेको छ । '

हालसम्म जिल्लाको मार्मा गाउँपालिका तथा महाकाली नगरपालिकाका बजारहरुमा अनुगमन गरिरहेको प्रशासनले जनाएको छ । टोलीले किराना पसल, फलफूल पसल, मासु पसल, एग्रोभेट लगायतको अनुगमन गरेको छ । म्याद गुज्रेका सामग्री अनुगमन टोलीले जफत गरी नष्ट समेत गरेको छ ।

चाडपर्वका समयमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बेच्ने पसलहरुबाट अहिलेसम्म ३४ हजार ५ सय रुपैंया जरिवाना संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी साउँदले बताए । 

प्रक्रिया पूरा नगरेकालाई प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ । जिल्लाको गोकुलेश्वर बजार लगायत अन्य स्थानीय तहमा समेत दशैंंलगत्तै बजार अनुगमन गरिने प्रशासनले जनाएको छ । 

‘बजार अनुगमनका क्रममा कुनै अखाद्य वस्तुको प्रयोग, म्याद गुज्रिएका खाद्य वस्तुको विक्री वितरण भएको भेटिए निर्देशिका बमोजिम तत्काल कारबार्हि समेत हुने तथा अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले प्रशासनले जनाएको छ ।

व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्न, उपभोक्ता हितलाई मध्यनजर गर्दै बजार व्यवस्थित गर्न बजार अनुगमनको पाटोलाई सम्बन्धित निकायले निरन्तरता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

प्रतिक्रिया