Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:४४

दार्चुलामा नेपाल विद्यार्थी संघले संगठन बिस्तार गर्दै

सम्बाददाता सम्बाददाता
शनिबार, असोज ०८, २०७९
दार्चुलामा नेपाल विद्यार्थी संघले संगठन बिस्तार गर्दै

नेपाली कांग्रेशनिकट नेपाल विद्यार्थी संघले दार्चुलामा संगठन बिस्तारको कामलाई तिव्रता दिएको छ । 

नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव एवम् प्रदेश ख का संयोजक कृष्णसिंह रावलले नेविसंघ दार्चुलाले मार्मा गाउँपालिकाका विभिन्न विद्यालयमा संगठन बिस्तारको कामलाई तिव्रता दिइएको बताए । 

नेविसंघका जिल्ला सहसचिव रावल लगायतको जिल्ला समितिका पदाधिकारीहरुको सहभागितामा मार्मास्थित लटिनाथ क्याम्पस मार्मा, लटिनाथ माद्यमिक विद्यालय रस्कोट, तपोवन मावि पडपडा, दुर्गेश्वरी मावि घोल्जर लगायतका विद्यालयमा संगठन बिस्तार गरिएको तथा मार्मामा संगठन बिस्तारको काम सकिएपछि जिल्लाका अरु स्थानीय तहमा पनि आफूहरु जाने तयारी रहेको नेपाल विद्यार्थी सहसचिव रावलले बताएका छन् । 

प्रतिक्रिया