Wide Nepal News आइतबार ०६, जेठ २०८१ ०६:०५

नवौं राष्ट्रिय खेलकुद छनोट : पुरुष भलिबलतर्फ सेमिफाइनलमा डोटीसित दार्चुला पराजित

आज बिहान भएको सेमिफाइनल खेलमा डोटीसित ३-० को सोझो सेटमा दार्चुला पराजित
सम्बाददाता सम्बाददाता
बिहिबार, असोज ०६, २०७९
नवौं राष्ट्रिय खेलकुद छनोट : पुरुष भलिबलतर्फ सेमिफाइनलमा डोटीसित दार्चुला पराजित

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद २०७९ का लागि छनोट खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फ दार्चुला सेमिफाइलनमा पराजित छ । 

आज बिहान भएको सेमिफाइनल खेलमा डोटीसित ३-० को सोझो सेटमा दार्चुला पराजित भएको हो ।

पहिलो खेलमा दार्चुलाले कैलालीलाई पराजित गरेको थियो भने क्वाटरफाइनलमा बुधबार भएको अर्को खेलमा बैतडीलाई पराजित गर्दै दार्चुलाले सेमिफाइलनमा प्रवेश पाएको थियो । 

योसंगै दार्चुला सेमिफाइनलबाट बाहिरिएको छ । दार्चुलाले अब तृतिय स्थानका लागि कञ्चनपुरसित अन्तिम खेल खेल्ने दार्चुलाका भलिबल खेलाडी जनक साउँदले बताए । 

यसअघि सेमिफाइलनको अर्को खेलमा कञ्चनपुरलाई ३-२ ले पराजित गर्दै अछाम फाइनल प्रवेश गरेको थियो । 

अछाम भर्सेस डोटी बिच फाइनल खेल आज दिउँसो २ बजे धनगढीस्थित कबर्ड हलमा हुने बताइएको छ ।

प्रतिक्रिया