Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०२:३३

दार्चुलास्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला

सम्बाददाता सम्बाददाता
बुधबार, असोज ०५, २०७९
दार्चुलास्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला

दार्चुलास्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। 

जिल्लाको महाकाली नगरपालिका ५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा एक पुरुषको शव फेला परेको हो।

हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया