Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:१४

जिल्ला अस्पताल दार्चुलामा आजदेखि क्षयरोग पत्ता लगाउने ‘जिन एक्सपर्ट’ मेसिन सञ्चालन

सम्बाददाता सम्बाददाता
मङ्गलबार, असोज ०४, २०७९
जिल्ला अस्पताल दार्चुलामा आजदेखि क्षयरोग पत्ता लगाउने ‘जिन एक्सपर्ट’ मेसिन सञ्चालन

दार्चुलामा पहिलो पटक क्षयरोगको कीटाणु पत्ता लगाउने  ‘जिन एक्सपर्ट’ मेसिन सञ्चालनमा आएको छ । 

जिल्ला अस्पताल दार्चुलामा जिन एक्सपर्ट मेसिन भित्रिए संगै आजबाट सेवा सञ्चालनमा आएको छ । २ घण्टाभित्रै किटाणु पत्ता लगाउने अत्याधुनिक 'जिन एक्सपर्ट' मेसिनको महाकाली नगरप्रमुख नरसिंह चैसिरले एक समारोहका बिच उद्धघाटन गरेका हुन् । 

क्षयरोगका अति शंकास्पद तथा बिरामीलाई निशुल्क सेवा प्रदान गर्ने उद्येश्यले जिल्लामा पहिलो पटक मेसिन संचालनमा आएको अस्पताले जनाएको छ । 

यसअघि माइक्रोस्कोपी विधिबाट क्षयरोगको परीक्षण हुने गरेको थियो । माइक्रोस्कोपी विधिबाट गरिने परीक्षणपछि सतप्रतिशत क्षयरोगी बिरामी हो वा होइन भनि यकिन गर्न भने फेरि जिन एक्सपर्ट मेसिनकै प्रयोग हुने गर्थ्यो । 

यस्तै अस्पतालले सुगरका बिरामीको पहिचान गर्ने एच.बि.ए.वान.सि टेष्टको समेत आजैदेखि सुरुवात गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आदर्श लिम्बुले जानकारी दिएका छन् । 

प्रतिक्रिया