Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०७:२०

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुलाको दोस्रो अधिवेशन सम्पन्न

सम्बाददाता सम्बाददाता
मङ्गलबार, असोज ०४, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुलाको दोस्रो अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दार्चुलाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष एवम् गायक मनोजसिंह धामीको अध्यक्षतामा गोकुलेश्वरमा चौथो वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । 

प्रतिष्ठानले दोस्रो जिल्ला अधिवेशनबाट भोजराज भट्ट अध्यक्ष रहने गरि नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुलाका निवर्तमान अध्यक्ष मनोजसिंह धामीले जानकारी दिए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य नवीनसिंह धामी, सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमसिंह धामी तथा उपाध्यक्ष दीर्घराज फूलारा लगायतका राष्ट्रिय कलाकारको आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले भट्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको बताइएको छ । 

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा कर्णबहादुर भण्डारी, द्धित्तीय उपाध्यक्षमा पुर्णबहादुर साउँद, महिला उपाध्यक्षमा बिष्ना धामी, सचिव पदमा महादेव ठगुन्ना, कोषाध्यक्षमा राजेन्द्र साउँद सहित १७ सदस्यीय चयन गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दार्चुलाका सहसचिव जितेन्द्रसिंह धामीले बताए । 

"अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन" भन्ने उद्देश्यका साथ प्रतिष्ठानले जिल्लामा रहेका कला, संस्कृतिको जगेर्ना तथा गीत-संगीत क्षेत्रमा लागेका प्रतिभालाई प्रोत्साहन गर्न उल्लेखनिय भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउदैँ गाउँपालिकाका तर्फबाट प्रतिष्ठानका असल कार्यमा गर्न सकिने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको साधारण सभाका प्रमुख अतिथि एवम् नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले बताए । 

प्रतिक्रिया