Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ११:५१

आठौं संविधान दिवसका अवसरमा डिलासैनी गाउँपालिकामा दीप प्रज्वलन

सम्बाददाता सम्बाददाता
सोमबार, असोज ०३, २०७९
आठौं संविधान दिवसका अवसरमा डिलासैनी गाउँपालिकामा दीप प्रज्वलन

बैतडीको डिलासैनी गाउँपालिकामा दीप प्रज्वलन गरेर संविधान दिवस मनाइएको छ । 

गोकुलेश्वर एकता युवा क्लबको व्यवस्थापनमा आयोजित दीप प्रज्वलन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा नम्बर ५ का अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट, वडा नम्बर ४ का अध्यक्ष हरिदत्त पन्तसहित कर्मचारी, सुरक्षाकर्मी, स्थानीय, युवा लगायतको सहभागितामा गाउँपालिकाले गोकुलेश्वर (पुल्चोक) मा आठौं संविधान दिवस मनाएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

संविधान दिवसका अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा प्रवक्ता भट्टले शुभकामना व्यक्त गर्दै राष्ट्रियताका सवालमा सम्पूर्ण नेपाली सदैव एक हुनुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष भगिरथ बोहराले लामो समयको संघर्ष पश्चात् नेपालको संविधान निर्माण भएको आठ बर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  

यस्तै दिवसकै अवसर पारेर गाउँपालिका अन्तर्गतको सामुदायिक सिकाइ केन्द्रले वडा नम्बर ५मा आधारभूत विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना समेत गरेको छ ।  

प्रतिक्रिया