Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५५

जित निश्चित हुँदा बालेनले भने: तपाईँ रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नु होला

Wide Nepal News
बुधबार, जेठ ११, २०७९
काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जित  पक्का भएको छ।  हाल करिब २२ हजारमात्र मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडि छन्। करिब एक लाख ९१ हजार ५९ मत खसेमध्ये अब मात्र २२ हजारको हाराहारीमा मत गन्न बाँकी छँदा बालेन्द्रले ५४ हजार ७१८ मत ल्याएका छन्। सिर्जनाले ३४ हजार ६०८ मत ल्याएकी छिन्।  अर्थात् मतान्तर २० हजार ११० मतको रहेको छ। तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत ल्याएका छन्। उपमेयरतर्फ एमालेकी सुनिता डंगोल भने विजयी भइसकेकी छिन्। मतान्तर मत गन्न बाँकी भएभन्दा पनि निकै बढी भएका कारण पनि सुनिताले यसअघि नै जित निकालेकी हुन्।  उनले ५१ हजार २०७ मत ल्याएकी छिन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ३४८ मतमात्र ल्याएका छन्।

प्रतिक्रिया