Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०९:४०

संविधान दिवसमा दार्चुला कारागारका ११ कैदीलाई आममाफी

सम्बाददाता सम्बाददाता
सोमबार, असोज ०३, २०७९
संविधान दिवसमा दार्चुला कारागारका ११ कैदीलाई आममाफी

संविधान दिवसका अवसरमा दार्चुलाका ११ कैदीलाई आममाफी दिइएको छ ।

संविधान दिवस २०७९ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी दार्चुलाका ११ जना सहित देशभरीका ६८१ कैदीलाई आममाफी दिएका छन् ।  । ११ जनामध्ये चार जना नकबजनी चोरी, दुई जना सवारी ज्यान र पाँच जना कर्तव्य ज्यान मुद्धामा आधाभन्दा बढी कैद भुक्तान गरी आचरण सुधार गरेका भएका कैदी रिहा भएका हुन् ।

रिहा गर्ने पत्र प्राप्त हुनासाथ आजै उनिहरुलाई कारागारबाट रिहा गरिने दार्चुला कारागारका जेलर रामराज पन्तले जानकारी दिए ।

दार्चुला कारागारमा ५८ कैदी र १२ थुनुवा गरी ७० जना कैदीबन्दी रहेका थिए । ११ जना रिहा भएसंगै अब ५९ जना कैदीबन्दी बाँकी रहेको जेलर पन्तले बताए । जसमा दुई जना महिला कैदी रहेका छन् ।

राष्ट्रपति भण्डारीले अदालतका आदेश समेतका आधारमा तोकिएको आधाभन्दा बढी कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीहरुलाई सम्बन्धित कारागारको सिफारिस र मन्त्रीपरिषदको निर्णय अनुसार असोज ३ गते आजदेखि लागु हुने गरी रिहा गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ बमोजिम ६ सय ८१ कैदीलाई माफी दिएको जानकारी दिए ।

हरेक बर्ष संबिधान दिवस र गणतन्त्र दिवसको अवसरमा असल चालचालन भएका र मापदण्डमा परेका कैदीहरुको कैद माफी गरिदै आएको छ ।

प्रतिक्रिया