Wide Nepal News सोमबार २३, असार २०८२ ०३:०४

अछाम पहिरोमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ अझै बेपत्ता

सम्बाददाता सम्बाददाता
शनिबार, असोज ०१, २०७९
अछाम पहिरोमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ अझै बेपत्ता

अछामको तीनवटा पालिकामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। 

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनकाअनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।

ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ। यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ। अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए। तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्।

मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया