Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १०:०८

धनगढी विमानस्थलको रनवेमा स्याल ! ल्यान्ड हुनुपर्ने जहाज उडेको उड्यै

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ ३१, २०७९
धनगढी विमानस्थलको रनवेमा स्याल ! ल्यान्ड हुनुपर्ने जहाज उडेको उड्यै

 कैलालीको धनगढी धनगढी विमानस्थलको रनवेमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको छ।

शुक्रबार दिउँसाे काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएको थियो। जसका कारण जहाज पुनः आकासमै फर्किनुपर्‍याे।

रनवेमा स्याल देखिएपछि जहाजले धनगढीको आकासमा करिब दुई मिनेटसम्म फन्को मारेको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।

यसैगरी रनवेमा स्याल आउने गरेका कारण विमान ल्यान्डिङमा समस्या हुने गरेको उनले बताए। 

 

प्रतिक्रिया