Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०२:२८

छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

त्रिदेशीय सीमानामा पर्ने छाङरुमा पहिलोपटक फोरजी सेवा सञ्चालन
सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ३०, २०७९
छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

दार्चुलाको छाङरुमा पहिलोपटक फोरजी सेवा सञ्चालनमा आएको छ।

बुधबारदेखि नेपाल टेलिकमले त्रिदेशीय सीमाना पर्ने व्यास गाउँपालिकाको छाङरुमा फोरजी सेवा सञ्चालनमा आएको जनाएको छ। 

हेलिकप्टरबाट उपकरण ढुवानी गरेर जडान गरेपछि सेवा सुचारु भएको हो। योसँगै छाङरुमा रहेका झन्डै डेढ सय परिवार टेलिकमको फोरजी सेवाबाट लाभान्वित हुने भएका छन्।

प्रतिक्रिया