Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १०:२७

'दार्चुलामा अपराधिक घटना न्युनीकरणका लागि गम्भिर भएर लाग्छौ '

प्रहरीले पत्रकारलाई दिने सुचनालाई थप प्रभावकारी बनाउन आग्रह
सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ३०, २०७९
'दार्चुलामा अपराधिक घटना न्युनीकरणका लागि गम्भिर भएर लाग्छौ '

दार्चुलाका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) तर्कराज पाण्डेयले जिल्लामा हुने अपराधिक घटना न्युनीकरणमा गम्भीर भएर लाग्ने बताएका छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा बुधबार जिल्लास्थित पत्रकारहरु सँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

जिल्लास्थित बिभिन्न सञ्चार माध्यमसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले जिल्लामा हुने बिभिन्न खालका अपराधिक क्रियाकलाप अन्त्य गरि समातामुलक समाज निमार्ण गर्नमा प्रहरीको भुमिका भन्दा बाहिर रहेर नजर अन्दाज नगर्ने बताए ।

पत्रकारहरु सँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा पत्रकार शंकर सिह धामीले जिल्लामा महाकाली स्वाच्छता अभियान संञ्चालनमा रहेको तथा यसलाई प्रहरीको तर्फबाट हुन सक्ने सहयोग गर्न पनि नयाँ आएका डिएसपी पाण्डेय संग आग्रह गरे ।

जवाफमा डिएसपी पाण्डेयले आफुले सक्ने सहयोग पुर्ण रुपमा गर्ने बताएका छन । यस्तै उनले  जिल्लामा रहेका सञ्चार माध्यमले जहिले पनि जिल्ला प्रहरी कार्यालय दार्चुलासंग सहकार्य गरेरै अगाडि बढेको र अबको दिनमा पनि समन्वय र सहकार्य गरेर समाजमा हुने हरेक गतिबिधिहरुको खवरदारी गर्ने कुरामा पछि नहट्ने बताए ।

प्रहरीले पत्रकारलाई दिने सुचना अहिलेसम्म प्राप्त भइरहेको तथा थप प्रभावकारी बनाउन आग्रह गरेका छन ।

यो भन्दा अघि दार्चुलाको कमाण्ड सम्हालेका प्रतिक विष्ट सुडान गएपछि डिएसपी पाण्डेय पर्यटन प्रहरी काठमाण्डौबा बाट काज सरुवा भई जिल्लाको कमाण्ड गर्न भाद्र २६ गते दार्चुला आईपुगेका हुन ।

केही दिनभित्र जिल्लामा रहेका यातायात व्यवसायी, होटल व्यवसायीसंग कार्यक्रम राखेर जिल्लामा शान्ती सुरक्षा कायम राख्ने बताएका छन ।

जिल्लामा पछिल्लो समय अधिकांश युवापिढीँ लागूऔषध सेवनतर्फ आकर्षित भइरहेका तथा न्युनिकरणका लागि केकस्ता काम गर्नुहुन्छ भन्ने जिज्ञासामा डिएसपी पाण्डेयले युवा जमातलाई सम्झाई-बुझाई गर्ने तथा नमाने मुद्धा दर्ता गरेर कारबाही गर्ने बताएका छन । 

प्रतिक्रिया