Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १०:२४

सुदूरपश्चिमका नदीको जलस्तर बढ्ने, सर्तकता अपनाउन आग्रह

कर्णाली, महाकाली र सेतीको जलस्तर उल्लेख्य रुपमा बढ्ने अनुमान
सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ३०, २०७९
सुदूरपश्चिमका नदीको जलस्तर बढ्ने, सर्तकता अपनाउन आग्रह

मनसुनी न्यून चापिय रेखा नेपाल नजिक आउँदै गरेको र पश्चिमी वायुको प्रभावले आगामी ५ दिनसम्म देशभरी मौसममा फेरबदल हुने सम्भावना रहेको छ।

अगामी ३ दिनसम्म देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका प्रभावले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहले महाशाखाले जनाएको छ।

अत्यधिक वर्षाले प्रदेशका विभन्न नदीको जलस्तर बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण प्रदेश भएर बग्ने  कर्णाली, महाकाली र सेतीको जलस्तर उल्लेख्य रुपमा बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ। 

महाशाखाका अनुसार सबै जिल्लाका साना तथा ठूला नदीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा विशेष सर्तकता अपनाउन अनुरोध गरिएको छ।  

प्रतिक्रिया