Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०८:४९

शैल्यशिखर नगरपालिकाले मनायो ५८औं राष्ट्रिय बाल दिवस

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस देशभर मनाइँएको छ ।
सम्बाददाता सम्बाददाता
बुधबार, भदौ २९, २०७९
शैल्यशिखर नगरपालिकाले मनायो ५८औं राष्ट्रिय बाल दिवस

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस देशभर मनाइँएको छ । 

हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबिच ५८औं राष्ट्रिय बाल दिवसको अवसर पारेर दार्चुलाको शैल्यशिखर नगरपालिकाले पनि अन्तर विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगितको आयोजना गरेको छ । 

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न गरिएको हाजिरीजवाफ प्रतियोगितामा नगरपालिका भरिका १२ वटा सामुदायिक माद्यमिक विद्यालयले भाग लिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलदेव भट्टले जानकारी दिए । 

जसमा शैल्यशिखर नगरपालिकाअन्तर्गत वडा नम्बर ५ मा रहेको मालिकार्जुन माद्यमिक विद्यालय आगरले प्रथम स्थान प्राप्त गरेको छ । वडा नम्बर ६ को पशुपति भवन माद्यमिक विद्यालय ग्वानीका विद्यार्थीले द्धित्तीय स्थान प्राप्त गरेका छन् । वडा नम्बर ९ मा पर्ने गोकुलेश्वर माद्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गर्‍यो भने गलैनाथ माद्यमिक वडा नम्बर ८ झरकाँडाले सान्त्वना स्थानमा चित्त बुझायो । 

शैल्यशिखर नगरपालिकाले बालबालिकाको व्यक्तित्व विकासका लागि आगामी दिनमा निरन्तर रुपमा कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । 

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा बालदिवसमा पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहासमा उल्लेख छ ।

नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन ।

अझैपनि बालश्रम शोषणको घटना उतिकै छ भने सडकबालबालिका देखि बालबालिकाको बेचविखन तथा विद्यालय जान पाउने अधिकारबाट बन्चित  बालबालिकाको संख्या ठुलो रहेको छ ।

प्रतिक्रिया