Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२६

डिलाशैनीमा गाउँकार्यपालिकाले पूर्णता पायो, प्रवक्तामा भट्ट नियुक्त

Wide Nepal News
बुधबार, जेठ ११, २०७९
बैतडीको डिलाशैनी गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित महिला सदस्य मध्ये ४ जना र दलित अथवा अल्पसंख्यकबाट दुई जना चयन गर्नुपर्ने प्रावधान अनुसार कार्यपालिकाले पूर्णता पाएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । १५ सदस्यीय कार्यपालिकामा पनि स्वतन्त्रकै वर्चस्व रहेको छ । कार्यपालिकामा अब स्वतन्त्रबाट अध्यक्ष सहित ७ जना, नेपाली कांग्रेसका ६ जना र एमालेका दुई जना रहेका छन् । कार्यपालिकामा भने माओवादी केन्द्रको प्रतिनिधित्व हुन सकेको छैन् । कार्यपालिका सदस्यका लागि सहमति नभएपछि मंगलबार चुनाव भएको भएको थियो । चुनावबाट महिला सदस्यमा २ जना स्वतन्त्रबाट र २ जना नेपाली कांग्रेसबाट विजयी भएका छन् । यस्तै दलित तथा अल्पसंख्यक सदस्यमा एक जना स्वतन्त्रबाट र एक जना कांग्रेसबाट विजयी भएका छन् । यस्तै डिलाशैनी सरकारको प्रवक्तमा यज्ञराज भट्टलाई नियुक्त गरिएको छ । स्वतन्त्रबाट वडा नं ५ को अध्यक्षमा निर्वाचित भट्टलाई गाउँपालिका प्रवक्ताको जिम्मेवारी तोकिएको गाउँपालिका अध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया