Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १०:०७

खलंगा-दुँहु सडकखण्ड अबरुद्ध भएपछि बैंकका कर्मचारीले गरे कार्यालय जान हेलिकोप्टर चार्टर

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ २६, २०७९
खलंगा-दुँहु सडकखण्ड अबरुद्ध भएपछि बैंकका कर्मचारीले गरे कार्यालय जान हेलिकोप्टर चार्टर

दार्चुलामा शुक्रबार राति महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा-दुहुँ जोड्ने सडकखण्ड अबरुद्ध हुँदा बैंकका कार्मचारीहरुले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गरेका छन् । 

शुक्रबार जिल्ला सदरमुकाम आएका नेपाल इन्भेष्टमेण्ट बैंक हिकिला शाखाका कर्मचारीहरुले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गरेका हुन् । शाखा प्रबन्धक बिरेन्द्र सिंह कार्की, महेश अवस्थी र प्रदिप बोहरा बाटो अवरुद्ध हुदाँ सदरमुकाममा रोकिएका थिए । 

उनिहरु आईतबार माउनटेन एयरको 'एन नाइन ए के वि कलसाइन' को हेलिकोप्टर मार्फत कार्यक्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । 

हेलिकोप्टर हुम्लाबाट बैंकका कर्मचारी पुर्याउन दार्चुला आएको थियो । शुक्रबार जिल्ला सदरमुकाम आएका उनीहरु आज विहानै जाने तयारीमा रहेका थिए तर बाटो नहुदा हेलिकोप्टर चार्टर गर्नु परेको बताएका छन् । 

दार्चुला तिंङ्कर सडक अन्तर्गत रिङनताल देखि कलौन भीर सम्म लास्कु खोलाले महाकाली नदी थुनिए पछि सडक अबरुद्ध भएको छ । शुक्रबार दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने सडक माथि महाकाली आएपछि आवत जावतमा समस्या भएको छ ।

प्रतिक्रिया