Wide Nepal News शुक्रबार १६, चैत २०८० ०७:२८

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट निर्वाचित

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ २६, २०७९
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट निर्वाचित

 

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन प्रशाद भट्ट निर्वाचित भएका छन ।

संघको १४ औँ कार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्षमा भट्ट निर्वाचित भएका हुन । भट्टले आफ्ना प्रतिद्वन्दी पुष्पराज अवस्थीलाई ४२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १५५ मत तथा अवस्थीले ११३ मत प्राप्त गरेका हुन्  । 

बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रशाद चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी अमर ब. बमलाई ५८मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १७० र बमले ११२ मत ल्याएका छन । 

उपाध्यक्षमा देव बहादुर चन्द निर्वाचित भएका छन । चन्दले निकटतम प्रतिद्वन्दी शक्ति पन्तलाई ८७मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १८५ र पन्तले ९८ मत ल्याएका छन । 

महासचिव योगेन्द्र ठगुराठी निर्वाचित भएका छन । ठगुराठीले प्रतिद्वन्दी अमर मल्ललाई ५८ मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन । ठगुराठीले १६३ र मल्लले १०५मत ल्याएका छन । 

सचिवमा सुर्य बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी हेम महरालाई ११मतले हराउँदै सचिवमा निर्वाचित भए । चन्दले १३२ र महराले १२१मत ल्याएका छन । 

कोषाध्उक्षमा दिपक भट्ट निर्वाचित भएका छन । भट्टले निकटतम प्रतिद्वन्दी तेज बहादुर चन्दलाई १४ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १२०, चन्दले १०६ र महेश खडकाले १३ मत ल्याएका थिए । 

सह कोषाध्यक्षमा यज्ञ बैज निर्वाचित भएका छन । वैजले निकटतम प्रतिद्वन्दी विष्णू सिहलाई २७मतको अन्तरले हराउँदै सह कोषाध्यक्षमानिर्वाचित भएका छन । बैजले १४२ र सिहले ११५ मत ल्याएकाछन । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष निरन्जन प्रशाद भट्टले संघको संस्थाको दिगो विकासका साथै आम व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।

प्रतिक्रिया