Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:५२

निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत भट्ट पुरस्कृत

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ २२, २०७९
निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत भट्ट पुरस्कृत

दार्चुलामा पनि १९ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । 

जिल्लामा १९ औं निजामती सेवा दिवसको अवसरमा बुधबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्पगुच्छाले स्वागत गरेका थिए । 

यस्तै कार्यालयमा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको छ । आफ्नो सेवाप्रति ईमान्दार भइ कर्तव्यनिष्ठ, लगनशील एवम् उत्तरदायी भएर अनवरत रूपमा सेवा प्रवाह गरी सेवाग्राहीलाई पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै एकजना कर्मचारीलाई यस वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको हो ।

निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत कम्प्युटर अपरेटर मोहन भट्टलाई यस वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ । बुधबार कम्प्युटर अपरेटर भट्टलाई प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रमाणपत्र प्रदान गरेका छन् । 

उनलाई जिल्ला प्रशासन कार्यालयमा वि. सं. २०७२ साल देखि कुशलतापूर्वक एवं प्रभावकारी रुपमा आफ्नो पदिय जिम्मेवारी निर्वाह गर्दै सेवा प्रवाहको उच्च मुल्याङ्कन गर्दै नगद रु.पाँच हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

यस्तै निजामति सेवा दिवसको अवसरमा प्रशासनले निजामती सेवा समारोह दार्चुलाको आयोजनामा जिल्ला अस्पताल दार्चुलामा उपचाररत बिरामीहरुलाई फलफुल विरतण गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट अस्पतालसम्म प्रभात फेरी गरेर दिवस मनाइएको हो । पुरस्कार विरतण गरेपछि जिल्ला भित्रका अन्य कर्मचारीहरुमा समेत थप उर्जा लगनसिलता प्राप्त हुने भएकाले आज एकजना कर्मचारीलाइ पुरस्कार दिइएको प्रशासनले जनाएको छ । 

विक्रम संवत् २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया