Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:२३

सुआहाराद्धारा सिकाइ अनुभव आदानप्रदान कार्यशाला गोष्ठी गोकुलेश्वरमा सम्पन्न

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ २२, २०७९
सुआहाराद्धारा सिकाइ अनुभव आदानप्रदान कार्यशाला गोष्ठी गोकुलेश्वरमा सम्पन्न

युएसएआइडीको आर्थिक सहयोग एवम् सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) को साझेदारीमा दार्चुला जिल्लामा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले बुधबार गोकुलेश्वरमा अनुभव आदानप्रदान कार्याशाला गोष्ठीको आयोजना गरेको छ ।

जिल्लामा सन् २०१६ देखि हालसम्म गरेका गतिविधिहरूका उपलब्धी, सिकाई तथा अवसर, असल अभ्यासका बारेमा  छलफल गर्न कार्याशाला गोष्ठीको आयोजना गरिएको सुआहारा दोस्रो कार्यक्रमका बरिष्ठ कार्यकम संयोजक वीर बोहराले जानकारी दिएका छन् । 

गोकश्वरस्थित देबु होटलको सभाहलमा आयोजित उक्त कार्यशाला गोष्ठीमा नगरपालिका क्षेत्रभित्र रहेका गर्भवती महिला, २ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीको पोषण र स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्र्ण भूमिका खेलेको भन्दै शैल्यशिखर नगरपालिकाले सुआहारा दोस्रो कार्यक्रम र सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) लाई सम्मानित गरेको छ । 

सन् २०११ मा बहुक्षेत्रीय पोषण योजना, सुआहारा कार्यक्रम जस्ता ठूला परियोजना लागू भएर सुआहाराले दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्नको लागि स्वास्थ्य, पोषण, कृषि, खाद्य सुरक्षालाई एकीकृत गरेर सामुदायमा आधारित कार्यक्रम अघि बढाएको थियो । 

सन २०१२ देखि २०१६ सम्म पहिलो चरणमा सुआहाराले काम गरेको थियो भने  २०१६ देखि हाल सम्म दोस्रो चरणका रूपमा काम गर्दै आएको छ । 

गर्भवति आमा तथा बालबालिकामा कुपोषण घटाउने लक्ष्यसहित सन् २०११ मा राष्ट्रिय योजना आयोगको नेतृत्व र अन्य प्रमुख साझेदारहरुको समर्थनमा पञ्चवर्षीय बहुक्षेत्रीय पोषण योजना– पहिलो सुरु भएको तथा हाल सन् २०१८/१९ मा बहुक्षेत्रीय पोषण योजना– दोस्रो लागू अवस्थामा रहेको बताइएको छ । 

सुआहाराद्धारा दार्चुलामा सञ्चालित कार्यक्रमले जिल्लाको पोषणको स्थिति सुधारमा महत्वपूर्ण भूमिका खेल्न सहयोग गरेको  संयोजक वीर बोहराले बताए । 

सुआहाराको दोस्रो कार्यक्रम पनि शैल्यशिखर नगरपालिका सहित जिल्लाभर प्रभावकारी रहेको उल्लेख गर्दै कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । 

सुआहाराद्धारा आयोजित कार्यशाला गोष्ठीमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी, उप-प्रमुख शान्ती खडायत, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, अन्य जनप्रतिनिधी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

सिआरडीएस सितको साझेदारीमा जिल्लामा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले पोषणसँग अप्रत्यक्ष सम्बन्ध राख्ने नीति–नियम र कार्यक्रमहरु खानेपानी, स्वच्छता तथा सरसफाइ कार्यक्रम, कृषि विकास रणनीति, समुदायमा आधारित नवजात र बाल्यकाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रमले पोषण स्थिति सुधार ल्याउन  उल्लेखनीय भूमिका खेल्दै आएका छन् । 

प्रतिक्रिया