Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०७:५२

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ २१, २०७९
पल शाहलाई बलात्कारको मुद्दामा सफाइ

जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ।

मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए। 

यस्तै बाल यौन दुरूपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र १० लाख क्षतिपूर्ति सुनाएको उनले बताए।

‘नाबालकलाई छाडेको भन्दै अभिभावकलाई इजलासले सचेत गराएको छ’, उनले भने, ‘पत्रकारहरूलाई पनि विषयवस्तु सही तरिकाले संप्रेषण गरिदिन इजलासले भनेको छ।’

प्रतिक्रिया