Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०६:२९

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा विरोध प्रदर्शन

Wide Nepal News
शनिबार, जेठ १४, २०७९
कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गरिएको छ। शनिवार उद्योग वाणिज्य संघ, कैलालीको आयोजनामा धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध र्‍याली निकालिएको हो। त्यसपछि पार्क मोडमा भएको विरोध सभामा सम्बोधन गर्दै विभिन्न व्यक्तिहरुले मेडिकल कलेज सञ्चालनमा सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए। उनीहरुले जेठ १५ गते सार्वजनिक हुने नेपाल सरकारको बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्।

प्रतिक्रिया