Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०६:०४

दार्चुला प्रदेश 'ख' मा एमालेबाट पूर्व जिल्ला अध्यक्ष जोशी सर्वसम्मत सिफारिस

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ २०, २०७९
दार्चुला प्रदेश 'ख' मा एमालेबाट पूर्व जिल्ला अध्यक्ष जोशी सर्वसम्मत सिफारिस

नेपाल कम्युनिस्ट पार्टी एमाले दार्चुलाले प्रदेश सभा सदस्य पदका लागि 'ख' अर्थात १(२) क्षेत्रबाट पार्टीका पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशीलाई एकल सिफारिस गरेको छ । 

सदरमुकाम खलंगामा सोमबार बसेको जिल्ला कमिटीको बैठकले जोशीलाई प्रदेश सभा सदस्य पदका लागि सिफारिस गरेको एमाले दार्चुलाले जनाएको छ ।

यसअघि एमालेले दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदमा पूर्वमन्त्री एवम् एमालेका पोलिट व्युरो सदस्य गणेशसिंह ठगुन्नालाई सिफरिस गरेको छ भने प्रदेशसभा क्षेत्र १(१) अर्थात 'क' का लागि प्रत्यक्षतर्फ र दुबै प्रदेश सभा क्षेत्रमा समानुपातिकतर्फ उम्मेदवार सिफारिसका लागि छलफल जारी रहेको नेकपा (एमाले) दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया