Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:२७

बैतडीमा काँग्रेशबाट प्रतिनिधि सभामा १३ तथा प्रदेशमा ६४ जनाको नाम सिफारिस

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ २०, २०७९
बैतडीमा काँग्रेशबाट प्रतिनिधि सभामा १३ तथा प्रदेशमा ६४ जनाको नाम सिफारिस

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेश बैतडीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेस बैतडीले  संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो । 

नेपाली काँग्रेस बैतडीले  संघका लागि १३ जनाको  नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, बिनय ध्वज चन्द, नरबहादुर  चन्द, केशब बहादुर चन्द, प्रताप सिंह ठगुन्ना, शुरेद्र ऐर, उत्तर बहादुर  ऐर, दिनेश भट्ट र शिवराज भट्टको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको काँग्रेस बैतडी सचिव देवराज जोशीले जानकारी दिए । 

यस्तै प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ देवु  ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डेय र नरेन्द्र प्रशाद भट्टको  नाम सिफारिस  गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडीको  यहि भदौ १९ गते बसेको बैठकले संघका लागि उम्मेदवार  सिफारिस गरेको कांग्रेश बैतडीले बताइएको  छ । 

यस्तै प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवार  सिफारिस भएका छन्। काँग्रेस बैतडीले  क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फबाट ८ जना र  समानुपातिक तर्फबाट १५ जनाको  नाम  सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ‘क’ बाट प्रत्यक्षतर्फ बिर बहादुर विष्ट, हरिमोहन भण्डारी ,अम्मर विष्ट र विष्णुदत्त जोशी लगायतका अन्य ८ जना  र समानुपातिकतर्फ लोक राज अवस्थी, जयन्ती कुवँर लगायतका १५ जना रहेका सचिब जोशीले बताए । 

यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्षतर्फ १८ जना र  समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस भएको उनले बताए ।

प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्षतर्फ शिवराज भट्ट,तेज बहादुर  चन्द , टेक राज जोशी ,पुर्णान्नद लेखक ,पूर्णचन्द्र लेखक ,ईश्वर  भट्ट, घनस्याम भट्ट, नरेन्द्र दत्त जोशी लगयातका १८ जना र  समानुपातिक तर्फ नरेन्द्र  सिंह थापा, तृत बहादुर  विष्ट ,कान्ता चन्द र कुस्मा चन्द  लगायत २३ जनाको  नाम सिफारिस भएको  बताइएको  छ । 

प्रतिक्रिया