Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:१५

संसदीय निर्वाचनमा दार्चुला एमालेबाट ठगुन्ना सिफारिस, ५ हजार बढि मतान्तरले जित्ने दाबी

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ २०, २०७९
संसदीय निर्वाचनमा दार्चुला एमालेबाट ठगुन्ना सिफारिस,  ५ हजार  बढि मतान्तरले जित्ने दाबी

नेपाल कम्युनिस्ट पार्टी एमाले दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एबम् प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिएका छन् ।

२०७० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसपटक पाँच दलिय गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले पराजित गर्ने ठगुन्नाले दाबी गर्दै आएका छन् ।  

यस्तै एमाले दार्चुलाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिंकरी सिफारिस भएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुङ्गो लाग्न नसकेको नेताहरुले बताए। दार्चुलामा गठबन्धनबाट कांग्रेस र माओबादी दुबैको प्रतिनिधिसभामा दाबी रहेको छ । 

दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य, प्रदेश सह-इन्चार्ज ठगुन्नाले भने, “प्रतिनिधिसभामा कम्तिमा पाँच हजार र प्रदेशसभातर्फ क र ख दुबै निर्वाचन क्षेत्रमा कम्तिमा दुईदेखि अढाइ हजार मतान्तरले दुबै क्षेत्रमा एमालेको विजय हुन्छ ।”

प्रतिक्रिया