Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ १०:५३

गेटा आँखा अस्पतालको आयोजनामा दार्चुलाको गोकुलेश्वरमा आँखा शिविर सञ्चालन हुने

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ २०, २०७९
गेटा आँखा अस्पतालको आयोजनामा दार्चुलाको गोकुलेश्वरमा आँखा शिविर सञ्चालन हुने

नेपाल नेत्रज्योती संघद्धारा सञ्चालित गेटा आँखा अस्पतालले दार्चुलाको गोकुलेश्वरमा आँखा शिखिर सञ्चालन गर्ने भएको छ । 

गेटा आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका ९, स्थित गोकुलेश्वर माद्यमिक विद्यालयमा आगामी भदौ २५, २६ र २७ गते गरि ३ दिने आँखा शिविर सञ्चालन गरिने भएको हो । 

३ दिनसम्म सञ्चालन हुने आँखा शिविरमा मोतिबिन्दु लगायतका आँखा सम्बन्धि रोगको नि:शुल्क शल्यक्रिया तथा औषधी उपचार गरिने, चस्माको आवस्यकता भएका बिरामीलाई सुपथ मुल्यमा चस्मा उपलब्ध गरिने गेटा आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक पन्तले बताए । 

प्रतिक्रिया