Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:४२

कञ्चनपुरको भीमदत्तमा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ १९, २०७९
कञ्चनपुरको भीमदत्तमा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ।

शनिबार महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निःशुल्क एम्बुलेन्समा घरसम्म पुर्‍याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो।

भीमदत्त नगरपालिका–७ र भीमदत्त नगरपालिका–९ का सुत्केरी र शिशुलाई घरसम्म पुर्‍याएर निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए।

प्रतिक्रिया