Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०३:४८

फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गर्योः शिक्षामन्त्री पौडेल

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ १९, २०७९
फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गर्योः शिक्षामन्त्री पौडेल

 फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन्।

विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए।

जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए।

फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंगपनि जोडिएको छ।

मन्त्री पौडेलले भने, ‘मैले फिल्मभन्दा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखेँ। राजनीतिसँग सम्बन्धित।

त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, आफै पनि शहीदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ।’

उनले भने, ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो’ उनले भने।

प्रतिक्रिया