Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०८:१७

संसदीय निर्वाचनमा 'ह्याट्रिक' गर्ने दाउमा भण्डारी

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ १७, २०७९
संसदीय निर्वाचनमा 'ह्याट्रिक' गर्ने दाउमा भण्डारी

नेकपा एमाले बैतडीले प्रतिनिधि सभाको निर्वाचनका लागि दामोदर भण्डारीलाई उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरेको छ।

बिहीबार बसेको जिल्ला कमिटीको बैठकले हाल नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका भण्डारीलाई आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको हो।

एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट भण्डारीको एकल नाम सिफारिस भएको हो।

एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद छन्।

यसअघि वि.सं.२०७४ सालको चुनावमा उनले ३९५२४ मत ल्याएर वाम गठबन्धनबाट निर्वाचन जितेका थिए।

त्यसबेला उनका प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर चन्दले २८२९१ मत पाएका थिए भने वि.सं.२०७० सालमा समेत बैतडी 'क' बाट उनी संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया