Wide Nepal News शनिबार ०५, जेठ २०८१ १०:३९

एमाले महासचिब पोखरेल भोलि दार्चुला आउदैं

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ १६, २०७९
एमाले महासचिब पोखरेल भोलि दार्चुला आउदैं

नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल भदौ १७ अर्थात् भोलि दार्चुला आउने भएका छन् ।

नेकपा एमाले दार्चुला जिल्ला कमिटीले आयोजना गरेको संघीय निर्वाचन सम्बन्धि एक दिने कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय महासचिव पोखरेल दार्चुला आउन लागेका एमाले दार्चुलाका प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिए ।  

जिल्ला सदरमुकाम खलंगास्थित खुला मञ्चमा दिउँसो १२ बजेदेखि आयोजना गरिने उक्त भेलाले आगामी मसिंर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन सम्बन्धि कार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख बडालले बताए । 

दार्चुला जिल्लाका एमाले नेता, कार्यकर्ता, भातृ संघ-संगठन तथा जनवर्गिय र पेसागत संगठनका पदाधिकारी सहितको सहभागीता रहने उक्त जिल्ला भेलामा महासचिव पोखरेल संगै नेकपा एमालेका सचीव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिट ब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज गणेशसिंह ठगुन्ना, पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । 

पोखरेलले बिहिबार (आज) बैतडीको पाटनमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका छन् । 

प्रतिक्रिया