Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४८

गोकुलेश्वर माद्यमिक विद्यालयले पायो नयाँ नेतृत्व , अध्यक्षमा उत्तरसिंह बिष्ट मनोनीत

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ १६, २०७९
गोकुलेश्वर माद्यमिक विद्यालयले पायो नयाँ नेतृत्व , अध्यक्षमा उत्तरसिंह बिष्ट मनोनीत

दार्चुला : गोकुलेश्वर माद्यमिक विद्यालयको अध्यक्षमा उत्तरसिंह बिष्ट चयन भएका छन् । 

शैल्यशिखर नगरपालिकाले शिक्षा नियमावली २०७४ (पाँचौ संसोधन) बमोजिम बिष्टलाई अध्यक्षमा मनोनित गरिएकोे जनाएको छ । 

यसअघि गत साउन ४ मा गोकुलेश्वर माद्यमिक विद्यालयले व्यवस्थापन समिती गठनका लागि आयोजना गरेको अभिभावक भेलामा अध्यक्ष पदका लागि १४ जनाले निवेदन दिएका थिए । 

अध्यक्षका आकांक्षीबिच सहमती जुट्न नसक्दा विद्यालयले नगरपालिकालाई सिफारिस गरेको तथा नगरपालिकाले आकांक्षीहरु मध्येका एक बिष्टलाई अध्यक्षमा मनोनयन गरेको शैल्यशिखर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलदेब भट्टले जानकारी दिए । 

प्रतिक्रिया