Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४६

प्रथम नगर परिषद्लगत्तै शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्छु : मेयर धामी

Wide Nepal News
शनिबार, जेठ १४, २०७९
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीले अघिल्लो शासकले पालिकामा गरेका बेथिती र अत्याचारको अन्त्य गर्न आफू सक्रिय रहने बताएका छन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेशका नेता तथा पुर्व मेयर अमरसिंह धामसित ८ सय ४७ मतको फराकिलो मतान्तर सहित शैल्यशिखर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका धामीले विगतको नेतृत्वबाट आजित भएर जनताले आफूलाई रोजेको बताउदैं कांग्रेशका कार्यकर्ताहरुले समेत आफूलाई मत दिएको उल्लेख गरेका छन् । नगरप्रमुख धामीले आजसम्म नगरपालिकाको प्रशासकीय भवन नभएकाले अहिले साविकको गोकुलेश्वर गाउँ विकास समितीको सरकारी भवनबाट सेवा दिने तथा प्रथम नगर परिषद्लगत्तै नगरपालिकाको आफ्नो छुट्टै प्रकाशकीय भवनको शिलान्यास गर्ने बताएका छन् । अघिल्लो नेतृत्वले वडा तथा नगरपालिकाका सरकारी भवनहरु निमार्ण गर्नुको साटो सरकारी कोषको रकमको दुरुपयोग गर्दै आफू निकटका आफन्त तथा कार्यकर्ताका निजी घर भाडामा लिई कार्यालय संचालन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया