Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४९

गोकुलेश्वरमा २ जनामा कोरोना संक्रमण पुष्टि, सतर्कता अपनाउन चिकित्सकको आग्रह

सम्बाददाता सम्बाददाता
शुक्रबार, साउन २०, २०७९
गोकुलेश्वरमा २ जनामा कोरोना संक्रमण पुष्टि, सतर्कता अपनाउन चिकित्सकको आग्रह

दार्चुलामा फेरि कोरोना भाइरस संक्रमण देखिन थालेको छ । बिहिबार (हिजो) मात्रै जिल्लाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर प्राथमिक अस्पतालमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आरडिटी विधिमार्फत बिहिबार गरिएको परिक्षणमा २ जनामा कोरोेना संक्रमण पुष्टि भएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले जानकारी दिएका छन् । डा. बमले गोकुलेश्वर बजार सहित आसपासका क्षेत्रमा पुन संक्रमण फैलिरहेको बताउदैँ सबैलाई सतर्कता अपनाउन, मास्क तथा सेनिटाइजरको नियमित प्रयोग गर्न आग्रह गरेका छन् । 

योसंगै दार्चुलामा कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमितको संख्या ९ पुगेको छ । मालिकार्जुन गाउँपालिकामा २ जना, जिल्ला अस्पताल खलंगामा ५ जना र गोकुलेश्वर अस्पतालमा २ जना गरि जिल्लामा ९ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक सहायक खगेन्द्र कार्कीले बताएका छन् । 

यता इलाका प्रहरी कार्यालय गोकुलेश्वरले पनि समुदायस्तरमा कोरोना जोखिम कम गर्नका लागि आवस्यक तयारी थालेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक हिक्मत बहादुर थापाका अनुसार गोकुलेश्वर बजार सहित आसपासका क्षेत्रमा जोखिम कर्म गर्न  नि:शुल्क मास्क वितरण गर्ने, स्थानीयलाई मास्कको प्रयोग गर्न लगाउने, सर्तकता अपनाउन आग्रह गर्ने तथा जनचेतनामूलक कार्यक्रम गर्ने तयारी प्रहरीले गरेको छ । 

प्रतिक्रिया