Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०१:१९

बैतडीमा एमाले अध्यक्ष पाल र नेता भट्ट प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ १६, २०७९
बैतडीमा एमाले अध्यक्ष पाल र नेता  भट्ट प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस

आगामी मसिंर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमाले बैतडीले दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । 

पाटनमा बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं (क) बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिश भएको छ । 

क्षेत्रीय कमिटि संयोजक अक्कलबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले पालको नाम सिफारिश गरेको हो । 

यस्तै प्रदेश सभा क्षेत्र नं (ख) बाट केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सर्वसम्मत सिफारिश भएको छ । भट्ट अहिले पनि प्रदेशसभा सदस्य रहेका छन् । गएको चुनावमा उनी एमालेबाट निर्वाचित भएका थिए । आसन्न चुनावका लागि पनि उनको नाम सर्वसम्मत सिफारिश भएको निर्वाचन क्षेत्रीय कमिटि (ख) का संयोजक निर्मल पाण्डेले बताए । 

दुवै निर्वाचन क्षेत्रीय कमिटिले जिल्ला कमिटिलाई नाम सिफारिश गरेको उनले बताए । दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत नाम सिफारिश भएकाले प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ पाल र भट्ट उम्मेदवार हुने निश्चित भएको छ । 

यस्तै प्रतिनिधि सभा सदस्य र समानुपातिक सदस्यहरुको नाम जिल्ला कमिटिको बैठकले टुंग्याउने पाण्डेले बताए । जिल्ला कमिटिले नाम टुंग्याएर केन्द्रिय कमिटिमा पठाउने उनले बताए । 

प्रतिक्रिया